Clickable Banner Ad

पत्रकार सुरेश रजकको अन्तिम म्यासेज : ‘माथि प्रहरी छ, उनीहरूलाई हान्न जाँदै छ’

काठमाडौं, चैत २२ — राजधानीको तीनकुनेमा कार्यरत पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग तीव्र बन्दै गएको छ। एभिन्यूज खबरका संवाददाता रजकको जिउँदै जलाएर हत्या गरिएको आशंकामा सञ्चार क्षेत्रका प्रतिनिधि र आम नागरिकले सरकार समक्ष सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

Clickable Video Ad

चैत १५ गते दिउँसो २ बजेर १९ मिनेटमा मास्टर कन्ट्रोल रुम (एमसीआर)मा पठाएको अन्तिम म्यासेजमा सुरेशले लेखेका थिए, ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ।’ त्यसको केही मिनेटपछि पुनः म्यासेज पठाउँदै सुरेशले भनेका थिए, ‘कल गर्नु त, नेटवर्कले काम गरिराखेको छैन।’

Advertisement
Advertisement

एमसीआरले तुरुन्तै उत्तर पठाएको थियो, तर त्यसपछि उनीसँगको सम्पर्क टुटेको थियो। २:३१ मा एमसीआरबाट अन्तिम म्यासेज पठाइयो, ‘तिमी बसेको घरमा आगो लाग्यो, भाग त्यताबाट।’ तर त्यसपछिका पल्ट सुरेशसँग कुनै सम्पर्क हुन सकेन।

जिउँदै जलाइएका पत्रकार, हराएको प्रमाण

घटनास्थलमा पुगेको एभिन्यूजको टोलीले सुरेशको शव जलेको अवस्थामा भेट्दा क्यामरा र एउटा मोबाइल हराएको पायो। अर्को मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो। एउटा पत्रकारले रिपोर्टिङका क्रममा ज्यान गुमाउनु, त्यो पनि प्रमाण लोप पारिएको अवस्थामा, सामान्य आगलागी मात्र नभई योजनाबद्ध हत्या हुनसक्ने आशंका प्रबल बनाएको छ।

सरकार र सुरक्षानिकायप्रति गम्भीर प्रश्न

पत्रकारमाथिको यस्तो निर्मम घटनापछि सुरक्षानिकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सुरेशले ‘पुलिस छ, हान्न जान लागेको छ’ भन्ने सन्देश दिएपछि पनि समयमै उद्धार हुन नसक्नु र आगलागीको समयमा दमकल ढिलो पुग्नु सरकारको उदासिनतालाई झल्काउँछ।

निष्पक्ष छानबिनको माग

एभिन्यूज खबरले पत्रकार सुरेश रजकको हत्या प्रकरणमा निष्पक्ष र छिटो छानबिनको माग गर्दै दोषी पहिचान गरी कारबाही गर्न सरकारसँग आह्वान गरेको छ। पत्रकार सुरेशमाथिको यो अमानवीय व्यवहार प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।

Loading

Advertisement

Leave a Comment