Clickable Banner Ad

दोधारा चाँदनी वडा नं. २ द्वारा आयोजित ब्युटीशियन तालिम सम्पन्न, ३१ महिलालाई प्रमाणपत्र वितरण

खडक रावल – दोधारा चाँदनी नगरपालिका, वडा नं. २ ले आयोजना गरेको एक महिने ब्युटीशियन सीप विकास तालिमको समापन समारोह बुधबार सम्पन्न भएको छ। स्थानीय युवा तथा महिलाहरूलाई सीप विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ३१ जना महिला सहभागी थिए।

Advertisement

तालिम सञ्चालन गर्दै प्रशिक्षक बबिता भण्डारी चन्दले सौन्दर्य क्षेत्रको सम्भावना, आवश्यक सीप र यसले ल्याउने अवसरबारे प्रकाश पारिन्। उनले यस्ता तालिमहरूले युवाहरूलाई स्वरोजगार बन्ने मार्ग प्रशस्त गर्ने बताइन्।

तालिमका सहभागीहरूले सिकेका विभिन्न सौन्दर्य सम्बन्धी प्रविधिहरू प्रदर्शन गरेका थिए, जसले उनीहरूको सीप अभिवृद्धि भएको देखायो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो।

वडा नं. २ का अध्यक्ष पदम रावलले यस्ता व्यावसायिक तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए। उनले यस तालिमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै तालिमको समापन गरिएको थियो। यस तालिमले महिलाहरूलाई स्वरोजगार तथा रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement