Clickable Banner Ad

दोधारा चाँदनीमा हावाहुरीसहितको मुसलधारे वर्षाले तरकारी खेतीमा ठूलो क्षति सुन्दरनगर


खडक रावल — २०७८ चैत्र २८ दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा बुधबार अपरान्ह आएको हावाहुरीसहितको मुसलधारे वर्षाले स्थानीय कृषकहरूलाई ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

पी आर कृषि फर्मद्वारा सञ्चालनमा रहेको टनेल फर्ममा लगाइएको तरकारी खेती पूर्णरूपमा नष्ट भएको फर्मका सञ्चालक प्रेम रोकायाले जानकारी दिएका छन्।
“हावाहुरीसँगै आएको वर्षाले हाम्रो १५ कट्टामा फैलिएको बुढी, टमाटर, सिमला मिर्च, बैगन र करेलाजस्ता तरकारीहरू नष्ट गर्‍यो,” रोकायाले भने, “टनेलसमेत क्षति पुगेको छ। करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।”

प्राकृतिक प्रकोपका कारण कृषकहरू मर्कामा परेका छन् भने क्षतिको विवरण संकलन गरी राहतको पहल गर्न स्थानिय सरकारसँग कृषकहरूले माग गरेका छन्।

स्थानीय कृषि शाखाका अनुसार सम्बन्धित निकायले स्थलगत निरीक्षणपछि क्षतिको मूल्याङ्कन गर्ने तयारी भइरहेको जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement