दोधारा चाँदनी, कञ्चनपुर ।
श्री शिवशक्ति युवा विकास समाज, दोधारा चाँदनी–३ द्वारा आयोजना हुन लागेको “SYDS वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२” यहि मिति २०८२ साल कार्तिक ३ गतेदेखि भव्य रूपमा सञ्चालन हुने भएको छ।
प्रतियोगितामा विजेता टोलीलाई रु. ३१,००० सहित मेडल र ट्रफि प्रदान गरिनेछ भने उप–विजेताले रु. २१,००० सहित मेडल र ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको प्रवेश शुल्क रु. ६,५०० तोकिएको छ।
आयोजक शिवशक्ति युवा विकास समाजका अध्यक्ष दिपक दमैका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ र खेलकुदका माध्यमबाट युवा बीच आपसी मित्रता र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
![]()