कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी–७ कञ्चंभोजमा आइतबार भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
UK03 A1462 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किँदा दोधारा चाँदनी–६ का तारा थापाको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक दोधारा चाँदनी–७ का २८ वर्षीय सत्यम ठाकुर गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि दुवै जनालाई तत्काल दोधारा चाँदनी नगर अस्पताल पुर्याइएको थियो। अस्पतालले तारा थापालाई मृत घोषित गरेको हो भने गम्भीर अवस्थाका ठाकुरलाई थप उपचारका लागि भारतको खटिमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको दोधारा चाँदनी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
![]()