Clickable Banner Ad

दोधारा चाँदनीमा भीषण आगलागी:भान्सा घर जलेर नष्ट

दोधारा चाँदनी (कञ्चनपुर), वैशाख १२ – दोधारा चाँदनी नगरपालिका–७, संसारी टोलस्थित सुरेश नेपालीको घरमा शुक्रबार दिउँसो करिब ३ बजे भीषण आगलागी भएको छ।

Advertisement

चुलोमा सल्किएको आगो निभाउन छुटेपछि आगोले भान्सा घर हुँदै गोठमा फैलिँदा ठूलो भौतिक क्षति भएको हो। आगलागीबाट भान्सा घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् भने गोठमा सञ्चित गहुँ र भुस्सा समेत जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शी विकास पौडेलले जानकारी दिए।

“चुलोको आगो निभाइएको थिएन, त्यहीँबाट सल्किएर आगो फैलिएको हो,” पौडेलले भने, “केही मिनेटमै आगोले गोठसमेत समातेको थियो।”

घटनास्थलमा स्थानीयवासीहरूले बाल्टिन र पानीका पाइप प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। नगरपालिकाको दमकलसमेत बोलाइए पनि दमकल टोली पुग्नुअघि नै स्थानीयहरूले आगो नियन्त्रणमा ल्याएका थिए।

यद्यपि मानवीय क्षति नभए पनि प्रारम्भिक अनुमानअनुसार भौतिक र आर्थिक क्षति भने उल्लेखनीय छ। स्थानीय सरकारद्वारा अहिले क्षतिको मूल्यांकन भइरहेको र पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement