Clickable Banner Ad

दोधारा चाँदनीमा दुई महिने पलम्बर र इलेक्ट्रीसियन तालिम सम्पन्न

दोधारा चाँदनी, असार १२ — “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित दोधारा चाँदनी नगरपालिकामा सञ्चालित दुई महिने पलम्बर र इलेक्ट्रीसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement

नगरभित्रका युवाहरुलाई रोजगारीसँग जोड्ने उद्देश्यले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत आयोजित तालिम २०८२ साल बैशाख ९ गतेदेखि सुरु भई असार १० गतेसम्म सञ्चालन गरिएको हो। तालिममा नगर क्षेत्रका २० जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

दोधारा चाँदनी नगरपालिका अन्तर्गत लघु उद्यम विकास शाखाले तालिमको आयोजना गरेको हो। समापन समारोहमा नगरप्रमुख गङ्गा जोशीले यस्ता सीपमूलक तालिमहरूले नगरभित्र स्वरोजगारको सम्भावना बढाउने विश्वास व्यक्त गर्नुभयो। “पलम्बर र इलेक्ट्रीसियन तालिमले व्यवहारिक र सैद्धान्तिक ज्ञान दुवै दिएको छ, जसले युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्नेछ,” उहाँले भन्नुभयो।

तालिममा सहभागी युवाहरूले प्राप्त ज्ञान र सीपलाई प्रयोगमा ल्याई भविष्यमा स्वरोजगारको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा यस्ता तालिमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्दै लैजाने जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement