Clickable Banner Ad

सुरेश भट्टलाई दोधारा चाँदनीका लागि नेपाल पत्रकार महासंघको संयोजक जिम्मेवारी

कञ्चनपुर, असार १०
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले दोधारा चाँदनी नगरपालिकाका लागि संयोजकको जिम्मेवारी सुरेश भट्टलाई दिएको छ। महासंघको विधान अनुसार असार ९ गते बसेको शाखा बैठकको निर्णयले भट्टलाई पालिकास्तरीय संयोजकको जिम्मेवारी दिएको हो।

Advertisement

पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीद्वारा हस्ताक्षरित पत्रमा भट्टलाई दोधारा चाँदनी नगरपालिका क्षेत्रभित्र पत्रकारिता सम्बन्धी गतिविधिहरू सशक्त बनाउन, पत्रकारहरूको हकहितको पक्षमा काम गर्न तथा पालिकास्तरीय कार्यक्रम, समन्वय र सहकार्य गर्न जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।

पत्रमा भन्छ, “नेपाल पत्रकार महासंघको संविधानको परिधि र दायराभित्र रही भट्टले महासंघका कञ्चनपुर शाखाका संस्थागत विकास र समय सान्दर्भिक पत्रकारिताको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।”

संयोजकको रूपमा भट्टले अब दोधारा चाँदनी नगरभित्र पत्रकारिता अभ्यासमा आएका समस्या तथा आवश्यकता सम्बोधनमा पहल गर्नुका साथै सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै पत्रकारहरूका हक अधिकारका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल पत्रकार महासंघले हाल देशभर आफ्ना स्थानीय संरचनालाई अझ सशक्त बनाउँदै पत्रकारहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि अभियान सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा भट्टको संयोजक चयन गरिएको महासंघले जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement