Clickable Banner Ad

दुर्घटनामा परेका दोधारा चाँदनीका २० वर्षीय युवकको उपचारका क्रममा मृत्यु

दोधारा चाँदनी ।
दोधारा चाँदनी नगरपालिका–१ का २० वर्षीय अबिनाश धामीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

Advertisement

असोज २८ गते राति राम लिला हेरेर घर फर्किने क्रममा दोधारा चाँदनी–२ मा स्यालसँग ठोक्किँदा बा.प्र.०२–०५७ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका धामी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि भारतको रुद्रपुर पुर्याइएको थियो। तर उपचारकै क्रममा आज कार्तिक ११ गते अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

मृतक धामीको शवलाई दोधारा चाँदनी नगर अस्पतालमा पोष्टमार्टम गरिएको इलाका प्रहरी दोधारा चाँदनीले जनाएको छ।

Loading

Advertisement
Advertisement