Clickable Banner Ad

काठमाडौँ  स्पाइकर्सको प्रशिक्षकमा लोकेन्द्र बुढा चयन, दोधारा चाँदनीका लागि गर्वको क्षण

कञ्चनपुर, दोधारा चाँदनी – एभरेस्ट महिला भलिबल लिग २०२५ का लागि काठमाडौँ  स्पाइकर्स टिमले प्रशिक्षकको रूपमा दोधारा चाँदनी नगरपालिका–१० निवासी लोकेन्द्र बुढालाई चयन गरेको छ। नेपाली सेनामा कार्यरत बुढाको यो उपलब्धि सुदूरपश्चिम प्रदेश तथा स्थानीय बासिन्दाका लागि गर्वको विषय बनेको छ।

Advertisement

नेपालको पहिलो फ्रेन्चाइज आधारित महिला भलिबल लिगका लागि टिमहरूको अन्तिम स्क्वाड सूची तथा प्रशिक्षकको नाम सार्वजनिक गरिएसँगै काठमाडौँ  स्पाइकर्सले बुढालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

प्रशिक्षक लोकेन्द्र बुढा लामो समयदेखि नेपाली सेनामार्फत भलिबल खेल प्रशिक्षण र व्यवस्थापनमा संलग्न रहँदै आएका छन्। भलिबलप्रतिको उनको समर्पण, अनुशासन र अनुभवकै आधारमा उनी यस जिम्मेवारीमा पुगेका हुन्।

दोधारा चाँदनीमा लोकेन्द्र बुढाको चयनलाई लिएर उत्साह छाएको छ। वडा नं १० का समाजसेवी तथा युवा नेता सुरेश गिरि भन्छन्,“हाम्रै गाउँका लोकेन्द्र भाई जस्तो अनुशासित र समर्पित व्यक्ति राष्ट्रिय लिगको प्रशिक्षक बन्नु गौरवको कुरा हो। उहाँले हामी सबैका लागि प्रेरणा दिनुभएको छ।”

दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने,“हाम्रो वडाका एक होनहार नागरिकले यस्तो जिम्मेवारी पाउनु आफैंमा ठूलो उपलब्धि हो। नगरपालिकाको तर्फबाट पनि उहाँलाई बधाई तथा सफलताको शुभकामना दिन चाहन्छु

लोकेन्द्र बुढाको प्रशिक्षक नियुक्तिपछि सामाजिक सञ्जालमा बधाई दिनेहरूको ओइरो लागेको छ। उनका भाइ बाबु क्षेत्रीले फेसबुकमार्फत लेखेका छन्,
“ठूलो दाइ यसरी नै प्रगति गर्दै जानुहोस्, भगवान्ले हेरिरहनुभएको छ। अझै प्रगतिको पाइला लम्किरहोस्।”

अब केही हप्तामा सुरु हुने एभरेस्ट महिला भलिबल लिगमा काठमाडौँ  स्पाइकर्सले लोकेन्द्र बुढाको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement