Clickable Banner Ad

कञ्चनपुरको दोधारा चाँदनीमा मृत अवस्थामा भाले हात्ती फेला

Advertisement

दोधारा– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा एक भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

दोधारा चाँदनी नगरपालिका–३, बडुवाल टोल नजिक नेपाल–भारत सीमा स्तम्भ नम्बर ८०० को करिब ५०० मिटर दक्षिणतर्फ दशगजा क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको हो।

आज बिहान नेपाल–भारतका सुरक्षाकर्मी तथा वन अधिकृतहरूको टोली घटनास्थलमा पुगेका छन्। हात्तीको शव दशगजामा रहे पनि टाउको नेपाली भूमिमा परेको अधिकारीहरूले बताएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले हात्तीको प्रारम्भिक निरीक्षण गरिरहेको छ। हात्तीको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसअघि पनि कञ्चनपुरमा दुई महिनाको अवधिमा दुई वटा हात्ती मृत फेला परेका छन्। वन्यजन्तु संरक्षण र मानव-हात्ती द्वन्द्व नियन्त्रणका लागि स्थानीय प्रशासन र निकुञ्जले थप उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ।


Loading

Leave a Comment

Advertisement
Advertisement