सन्तोष भट्ट। ओम साइराम भलाइकोष एण्ड इन्भेस्टमेन्ट प्रालिले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो २०औँ शाखा कार्यालय विस्तार गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको औपचारिक उद्घाटन गरिएको हो।
संस्थाका अध्यक्ष गोपालकुमार रन्जितकारको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा महाकाली बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बरराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले ओम साइराम भलाइकोष समाजका सबै वर्गसँग जोडिएको संस्था भएको उल्लेख गर्दै विशेषगरी मजदुर तथा श्रमिक वर्गलाई समेट्ने कार्यमा संस्था सफल हुने विश्वास व्यक्त गर्नुभयो।
२०७५ साल फागुन महिनामा बाँकेको कोहलपुरबाट सेवा सुरु गरेको यस संस्थाले हालसम्म मेचीदेखि महाकालीसम्म शाखा कार्यालयहरू विस्तार गरिसकेको जानकारी संस्थाका महासचिव कृष्णप्रसाद भुगाईले दिनुभयो।
![]()