Clickable Banner Ad

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा पत्रकारहरूका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

२०८२ माघ १९ र २० गते धनगढीमा सञ्चालन भएको उक्त तालिममा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाबाट सहभागी पत्रकारहरूले आधुनिक पत्रकारिताका नयाँ आयाम, प्रविधिको प्रयोग, सामग्री प्रस्तुतीकरण तथा मोबाइल पत्रकारितासम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए।

तालिम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो। तालिममा प्रशिक्षक विकास कार्कीले सहजीकरण गरेका थिए।

तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत बहादुर शाह र महासचिव शिवराज भट्टले सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

आयोजकले उक्त तालिमले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री, उत्तरदायी तथा गुणस्तरीय पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Loading

Advertisement
Advertisement