कञ्चनपुर, असार २३ – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतका विभिन्न ठाउँबाट फर्किएका ती व्यक्तिहरू शुक्रबार कैलालीको गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेका थिए। उनीहरूलाई गरिएको एन्टिजेन परीक्षणमा ३० जनामध्ये पाँच जनाको नतिजा पोजिटिभ आएको हो।
यो सँगै सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले सीमा नाकामा परीक्षण र निगरानी कडा पारिएको बताएका छन्। नागरिकलाई सर्तक रहन र खोप लगाउन आग्रह गरिएको छ।
![]()