Clickable Banner Ad

यस्तो थियो सिमा पिल्लर सरसफाइ विवादको वास्तविकता

कञ्चनपुर। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने सीमा पिल्लर नम्बर ७९०, लग्गा–बग्गा झिल्मिलातर्फको पिल्लर नम्बर ७९४ र सुन्दरनगर क्षेत्रमा पर्ने पिल्लर नम्बर ७९६ मा सरसफाइ गर्ने पालो भारतको थियो। सीमा पिल्लरको सरसफाइ वा मर्मत गर्दा दुवै देशका सीमा सुरक्षा बलको रहोबर अनिवार्य रहने व्यवस्था भए पनि सुन्दरनगरस्थित पिल्लर नम्बर ७९६ (१७) मा भारतको सीमा सुरक्षा बलले नेपाल पक्षको उपस्थिति बिना एकलौटी रूपमा सरसफाइ गरेपछि विवाद सिर्जना भएको हो।

Advertisement

विवाद उत्पन्न भए लगत्तै विषयलाई समाधान गर्न दुवै देशका सीमा सुरक्षा बलको रहोबरमा पुनः संयुक्त चेकजाँच गरिएको छ। संयुक्त निरीक्षणका क्रममा पिल्लरको अवस्था, स्थान र अभिलेख जाँच गरिएको जनाइएको छ।

सीमा पिल्लरजस्तो संवेदनशील विषयमा द्विपक्षीय सहमति र समन्वय अनिवार्य रहेको स्मरण गराउँदै, भविष्यमा यस्ता कार्य संयुक्त संयन्त्रमार्फत मात्र गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।

Loading

Advertisement
Advertisement