Clickable Banner Ad

भीमदत्त नगरपालिका–३ मा सरसफाइ अभियान, वडाध्यक्षसहित सहभागिता

भीमदत्त- भीमदत्त नगरपालिका–३ स्थित श्रीकेदार टोलका स्थानीय युवाहरूले हरेक शनिबार नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। सकारात्मक सोच र सामूहिक भावनाका साथ टोलका युवा जेन्जीहरू बाटोघाटो सफा गर्दै स्वच्छ र व्यवस्थित बस्ती निर्माणमा जुटिरहेका छन्।

Advertisement

अभियानमा बालबालिका, किशोर तथा युवा वर्गको उल्लेखनीय सहभागिता देखिएको छ। हातमा कुचो, झाडु र फोहोर संकलनका सामग्री बोकेर सक्रिय रूपमा खटिएको दृश्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। टोलभित्रका सडक, किनार तथा झाडी सफा गर्दा वातावरणीय स्वच्छता कायम हुनुका साथै आपसी एकता पनि बलियो बन्दै गएको स्थानीयवासीहरू बताउँछन्।

यस अभियानमा वडाध्यक्ष गगन धामी स्वयं पनि सहभागी भएका छन्। युवाहरूको सकारात्मक सोच र पहलप्रति सम्मान जनाउँदै उनले सरसफाइमा साथ दिएका छन्। सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै धामीले यस्ता अभियानले समाजलाई राम्रो दिशातर्फ लैजान मद्दत गर्ने विश्वास व्यक्त गरे।

स्थानीय युवाहरूले सुरु गरेको यो सरसफाइ अभियानले अन्य टोल र समुदायलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ। नियमित सरसफाइले टोल सफा राख्न मात्र नभई नागरिकमा जिम्मेवारी र चेतना अभिवृद्धि गर्न सहयोग पुगेको वडा कार्यालयले जनाएको छ।

Loading

Advertisement
Advertisement