Clickable Banner Ad

अमिर तिरुवा बने गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष

कञ्चनपुर । गैरसरकारी संस्था महासंघ कञ्चनपुरको २४औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट अमिर तिरुवा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले तिरुवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै महासंघको आगामी कार्यदिशा तय गरेको छ।

Advertisement

अध्यक्षमा चयनपछि तिरुवाले महासंघका केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्षहरू, प्रदेश प्रतिनिधि, सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै उनले महासंघलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै सहकार्य र एकताको माध्यमबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

Loading

Advertisement
Advertisement