Clickable Banner Ad

भनाभनले तात्यो भीमदत्त नगरकार्यपालिका बैठक, देवकोटा बैठक छाडेर बाहिरिए

कञ्चनपुर ।
भीमदत्त नगरपालिकाको १२ औं कार्यपालिका बैठकमा आइतबार दुई वडाध्यक्षबीच भनाभन भएपछि वडाध्यक्ष विकास देवकोटा बैठक छाडेर बाहिरिएका छन्।

Advertisement

वडा नं. १८ का अध्यक्ष देवकोटाले पत्रकार सम्मेलन गर्दै बैठकमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएका छन्। उनका अनुसार वडाका दुई योजनाका लागि बजेट माग गर्दा वडा नं. ११ का अध्यक्ष प्रकाश थापाले अपमानजनक शब्द प्रयोग गर्दै धम्की दिएका थिए।
“वहाँले मलाई ‘तँ बाहिर हिँड, तँलाई देखाइ दिन्छु’ भन्नु भयो। यस्तो बोलीपछि म असुरक्षित महसुस गरेर बैठक छाड्न बाध्य भएँ,” देवकोटाले पत्रकार सम्मेलनमा भने।

तर, वडाध्यक्ष थापाले भने सामाजिक सञ्जालमार्फत आरोपको खण्डन गर्दै देवकोटामाथि कार्यपालिकामा अपशब्द बोलेको, एकपक्षीय रुपमा हावी हुन खोजेको र बैठकको मर्यादा नबुझेको आरोप लगाएका छन्।

“तपाईंले बैठकमा समय नमागीकन एकोहोरो र अपशब्द प्रयोग गर्नुभयो। म त मेयरसापसँग मात्र बोल्दै थिएँ,” थापाले फेसबुकमा लेखेका छन्, “राजनीतिमा स्टण्ट होइन, जनताको काम गर्नुपर्छ।”

थापाले आफूसँग देवकोटा वा उनका आफन्तसँग कुनै व्यक्तिगत रिसइवी नरहेको पनि स्पष्ट पार्दै देवकोटालाई व्यवहार र सोच सुधार्न सुझाव दिएका छन्।

कार्यपालिकाको बैठकमा दुई वडाध्यक्षबीचको भनाभनले भीमदत्त नगरपालिकामा आन्तरिक विवाद सतहमा आएको देखिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement