दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु क्षेत्रबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५०९ मिलिग्राम ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीले जनाएको छ। लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्नहरूमाथि कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ।
![]()