दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गत कल्जुघाँटस्थित जगुडा नदीको किनारमा लुकाइ राखिएको अवस्थामा वेवारिसे सागुनको काठ बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार मिति आज बिहान ९:०० बजे नदी किनारको झाडीभित्र लुकाइ राखिएको १९ थान गोलिया सागुनको काठ फेला पारी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको सागुनको काठ आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ।
![]()