दोधारा चाँदनी-दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरिएको अलौकिक स्वास्थ्य शिविरबाट संकलित दक्षिणाबाट गौरादेवी मन्दिरलाई एक लाख रुपैयाँ सहयोग गरिएको छ।
अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी प्रा. लि. का गुरु सिमान्त केसीको पहलमा संकलित उक्त रकम वडा नम्बर ५ का अध्यक्ष केशब बहादुर खत्रीले एक कार्यक्रमका बीच गौरादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी जोगेन्द्र भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष केशब बहादुर खत्रीले धार्मिक स्थलको संरक्षण र प्रवर्द्धन स्थानीय समुदायको साझा जिम्मेवारी भएको बताउँदै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने धारणा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता पहलहरूमा वडा कार्यालयको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
मन्दिर समितिका अध्यक्ष तथा समाजसेवी जोगेन्द्र भण्डारीले अलौकिक स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई सेवा मात्र नभई मन्दिरका लागि पनि सहयोग जुटाउन सफल भएको उल्लेख गर्नुभयो। उहाँले समाजसेवा र धार्मिक कार्यलाई एकैसाथ अघि बढाउने उद्देश्यले आफूले स्वास्थ्य शिविर सञ्चालनका लागि आफ्नै स्वामित्वको २ कट्टा जग्गा अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी प्रा. लि. का गुरु सिमान्त केसीलाई दान गरेको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, धर्म र समाजसेवाको संयोजनबाट गरिएको यो कार्य अनुकरणीय रहेको भन्दै प्रशंसा व्यक्त गरेका थिए।
![]()