इजरायली सेनाले नेपाली विद्यार्थी बिपिन जोशी अब जीवित नरहेको पुष्टि गरेको छ। सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणपछि जोशी बेपत्ता भएका थिए। उनी इजरायलमा कृषि तालिमका लागि गएका नौ नेपाली विद्यार्थीमध्ये एकमात्र बेपत्ता थिए।
यो खबरसँगै नेपालमा शोकको लहर फैलिएको छ। बिपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा नेपालीहरूले गहिरो दुःख व्यक्त गरिरहेका छन्।
![]()