Clickable Banner Ad

दोधारा चाँदनीमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, बैशाख २७ – सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको संयोजनमा ‘ट्याक्टर बहस कार्यक्रम’ सम्पन्न गरिएको छ।

Advertisement

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको पहलमा नवप्रवर्तन गरिएको उक्त कार्यक्रम कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१, खैराडी टोलस्थित खेल मैदानमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष बिक्रम बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो भने इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो।

स्थानीय ट्याक्टर चालक, ट्याक्टर धनी, सवारीसाधन प्रयोगकर्ताहरू तथा सर्वसाधारण गरी २५–३० जनाको सक्रिय सहभागिता रहेको कार्यक्रममा सवारी सुरक्षाबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई ट्राफिक नियम, सवारी सञ्चालन गर्दा ध्यान दिनुपर्ने सावधानी र दुर्घटनाका मुख्य कारणबारे जानकारी दिइएको प्रहरी निरीक्षक मगरले जानकारी दिए।

कार्यक्रमले स्थानीय स्तरमा सवारी सचेतना अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement