Clickable Banner Ad

सीमामा तनाव: भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि कुटपिट, स्थानीय सरकार मौन

कञ्चनपुर, दोधारा चाँदनी भारत–पाकिस्तानबीचको बढ्दो तनावको छायाँ नेपाल–भारत सीमामा पनि देखिन थालेको छ। बुधबार राति दोधारा चाँदनी नगरपालिका–१० का नारायण भण्डारीसहितका नेपाली नागरिकहरू भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुटपिटको सिकार बनेका छन्।

Advertisement

भण्डारीसहित स्थानीय नेपालीहरू भारतको सीमावर्ती गाउँ कुतियाकभरमा लागेको जग्गु मेला दर्शन गरेर फर्किने क्रममा एसएसबीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। भण्डारीले महिलामाथिको दुर्व्यवहारको विरोध गर्दा आफू कुटिएको बताए।

दोधरा चाँदनी खबरलाइ प्राप्त भएको भिडियोमा महिलामाथिको दुर्व्यवहार गरेको र पाकिस्तानलाई सहयोग गरिरहेका छन्” भन्ने आरोप लगाएको प्रस्ट सुन्न सकिन्छ। (तलको भिडियो हेर्नुहोस्।)

(34) महिलामाथिको दुर्व्यवहार गरेको र पाकिस्तानलाई सहयोग गरिरहेका छन्” भन्ने आरोप – YouTube

स्थानीय सुजल जैशीका अनुसार एसएसबीले नेपालीहरूलाई “पाकिस्तानलाई सहयोग गरिरहेका छन्” भन्ने आरोप लगाउँदै दुर्व्यवहार गर्दै आएको छ। “सधैंजस्तै मेला हेर्न गएका थियौं, तर यसपालि फर्कंदा सिमामा भयावह अवस्था देखियो,” उनले भने।

भण्डारीको खुट्टामा लाठीका डामहरू देखिन्छन्, जुन उनीमाथि गरिएको आक्रमणको प्रमाण हो। (तलको फोटो हेर्नुहोस्।)

घटना गम्भीर हुँदाहुँदै पनि हालसम्म न त स्थानीय प्रशासनले यसबारे प्रतिक्रिया दिएको छ, न त दोधारा चाँदनी नगरपालिकाले कुनै पहल अघि बढाएको छ। स्थानीयवासीहरूले सशस्त्र प्रहरी बलसँग सम्पर्क गर्दा उनीहरूले घटनाबारे अनभिज्ञता जनाएका छन्।

नेपालका नागरिकमाथि यसरी पाकिस्तानको आरोप लगाएर दुर्व्यवहार गर्नु हाम्रो स्वाभिमानमाथिको आक्रमण हो,” भण्डारीले भने। सीमावासीहरू आक्रोशित छन् तर राज्य निकायहरूको मौनता र निष्क्रियताले उनीहरू निराश बनेका छन्।

Loading

Leave a Comment

Advertisement
Advertisement