दोधारा चाँदनी, चैत २५ – दोधारा चाँदनी नगरपालिका वडा नं. २ का खेलाडीहरूले अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेता बनेपछि प्राप्त ट्रफी वडा कार्यालयलाई हस्तान्तरण गरेका छन्।
चैत २४ गते लक्ष्मी मा.वि.को मैदानमा सम्पन्न खुला पुरुष फुटबल प्रतियोगितामा उपविजेता बनेको वडा नं. २ ले आज विशेष समारोहबीच उक्त ट्रफी वडा अध्यक्ष पदम रावललाई हस्तान्तरण गरेको हो।


कार्यक्रममा बोल्दै अध्यक्ष रावलले स्थानीय युवाहरूमा खेलकुदप्रति जागरुकता र रुचि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै भने, “यस्ता प्रतियोगिताले युवालाई अनुशासन, एकता र सहकार्यको भावनासहित शारीरिक र मानसिक रुपमा सबल बनाउन मद्दत गर्छ।”
उनले नियमित रूपमा यस्ता गतिविधिहरू आयोजना गर्दै सामुदायिक स्तरमा खेलकुद पूर्वाधार र कार्यक्रमहरू विस्तार गर्नु आवश्यक रहेको बताए।
उक्त प्रतियोगिताको उपाधि वडा नं. ६ ले जितेको थियो।
