दोधारा चाँदनी,— दोधारा चाँदनी नगरपालिकामा केही समयअघि सम्पन्न Day–Night क्रिकेट प्रतियोगिता मा वार्ड नं. १० का युवा खेलाडीहरूले शानदार प्रदर्शन गर्दै विजयी भएका थिए।
आज आयोजित एक कार्यक्रममा विजयी खेलाडीहरूले आफ्नो जितेको ट्रोफी वार्डलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा वार्ड अध्यक्ष चन्द्र बहादुर सिंह, सुरेश गिरी तथा प्रेम कार्की ले खेलाडीहरूलाई सम्मान गरेका थिए।
वार्ड अध्यक्ष सिंहले भने, “खेलकुदले युवालाई अनुशासित र जिम्मेवार बनाउँछ। यस जितले अन्य युवालाई पनि खेलकुदप्रति प्रेरित गर्नेछ।”
प्रतियोगितामा खेलाडीहरूको मेहनत, अनुशासन र टिमवर्कले वार्डको गौरव बढाएको स्थानीयवासीहरूले बताएका छन्।
![]()