Clickable Banner Ad

महाशिवरात्रिको पावन अवसरमा डाक्टर चौधरी लगाएतको टोलिले आश्रमलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग

दोधारा चाँदनी नगरपालिका–६ मा अवस्थित आरोग्य मेडिकेयर एन्ड डायग्नोस्टिक सेन्टर परिवार तथा सहयोगीहरूको संयुक्त पहलमा महाशिवरात्रिको पावन अवसरमा महेन्द्रनगर, कञ्चनपुरस्थित बाल आश्रममा खाद्यान्न, फलफूल तथा अत्यावश्यक सामग्री सहयोग प्रदान गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आयोजना गरिएको सहयोग कार्यक्रममा डा. गगन राज चौधरी, समाजसेवी कृष्ण राज बडुवाल, सरोज श्रेष्ठ, नरेन्द्र क्षेत्री, दिनेश ठगुन्ना, सम्झना कुँवर, पदम महरा, गौमती रानामगर, लोकेश ओखेडा, सुशील रोकायाको उल्लेखनीय योगदान रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वयमा भूमिका निर्वाह गर्नुभएको आदरणीय डीएसपी भूपेन्द्र पाल ज्यूप्रति आयोजक पक्षले विशेष धन्यवाद व्यक्त गरेको छ।

Advertisement

Loading

Advertisement
Advertisement