Clickable Banner Ad

हल्द्वानीमा दोधारा चाँदनीका खेलाडीको उत्कृष्ट प्रदर्शन:इन्डो–नेपाल कराँतेमा नेपाल दोस्रो

दोधारा चाँदनी,दोधारा–चाँदनीका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनसहित हल्द्वानीमा सम्पन्न दोस्रो इंडो–नेपाल कराँते च्याम्पियनसिप २०२५ सम्पन्न

भारतको हल्द्वानीमा सम्पन्न दोस्रो इंडो–नेपाल कराँते च्याम्पियनसिप २०२५ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।

Advertisement

प्रतियोगितामा सहभागी १० जना नेपाली खेलाडी सबै दोधारा चाँदनी नगरपालिकाका निवासी रहेका थिए। ती खेलाडीहरूले ३ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन सफल भएका छन्।

नेपाल टोलीको नेतृत्व देव बहादुर थापाले गर्नुभएको थियो। उहाँ विगत लामो समयदेखि दोधारा चाँदनीको खेलकुद र कराँते क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ।

प्रतियोगिताको आयोजना शितोर्यु कराँते फेडेरेशन अफ उत्तराखण्ड, भारतले गरेको थियो, जुन भारत सरकारको युवा तथा खेलकुद मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो।

नेपालका खेलाडीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा दोधारा चाँदनी क्षेत्रको प्रतिभा र क्षमताको परिचय दिएको छ।

Loading

Advertisement
Advertisement