Clickable Banner Ad

वृद्ध र एकल महिलालाई नियमित सहयोगको प्रतिबद्धतासहित मुसा भाइ तरकारी तथा फलफूल बजार सञ्चालनमा

दोधारा चाँदनी खबर, कञ्चनपुर ।
दोधारा चाँदनी नगरपालिका–७ मिलन चौराईमा मुसा भाइ तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको छ। उक्त बजारको उद्घाटन दोधारा चाँदनी नगरपालिका–६ निवासी प्रकाश सुनार (मुसा भाइ)ले गरेका हुन्।

Advertisement

उद्घाटन समारोहमा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रकाश सुनारले एक जना एकल महिलालाई तरकारी तथा फलफूल हस्तान्तरण गर्दै ६० वर्षभन्दा माथिका वृद्ध, एकल महिला र एकल पुरुषहरूलाई नियमित रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

सामाजिक उत्तरदायित्वसहित व्यवसाय सुरु गरेको भन्दै स्थानीयहरूले प्रकाश सुनारको यो पहललाई सराहना गरेका छन्।

Loading

Advertisement
Advertisement