काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सिर्जना हुने गतिविधिसम्बन्धी सामग्री संकलन गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रहरीले सो घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न अनुरोध गरेको हो।
नेपाल प्रहरीले पठाइने सूचनादाताको गोपनीयता पूर्णरूपमा सुरक्षित रहने विश्वास दिलाएको छ।
