Clickable Banner Ad

रमेश लेखकको धनगढी आगमनमा काँग्रेस कार्यकर्ताको भव्य स्वागत

पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक धनगढी विमानस्थलमा आइपुगेपछि काँग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्। विमानस्थल परिसरमा उपस्थित नेता कार्यकर्ताले “रमेश लेखक जिन्दावाद” र “नेपाली काँग्रेस जिन्दावाद” का नारा लगाउँदै स्वागत जनाएका हुन्।

Advertisement

नेपाली काँग्रेस कञ्चनपुरका सह–सचिव नाफू सिंह साउँदका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेसका सयौँ नेता तथा कार्यकर्ता धनगढी विमानस्थल पुगेका थिए। स्वागतका क्रममा नेता कार्यकर्तामा उत्साह देखिनुका साथै काँग्रेसको संगठनात्मक एकता र सक्रियता प्रकट भएको साउँदको भनाइ छ।

धनगढी आगमनपछि नेता लेखकले नेता कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेका थिए। उनको सुदूरपश्चिम भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा कार्यक्रमहरू तय भएको बताइएको छ।

Loading

Advertisement
Advertisement