Clickable Banner Ad

मेटाले मन्त्री गुरुङको सचिवालयसँग गर्यो सम्पर्क, दर्ता र सूचीकरणका लागि विवरण माग

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग औपचारिक सम्पर्क गरेको छ।

Advertisement

मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका थिए।

‘मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर के–के कागजात चाहिन्छ भनेर सोध्नुभएको रहेछ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसपछि पीएज्यूले हामीलाई आवश्यक विवरण पठाइदिन भन्नुभएको थियो र हामीले तत्काल इमेलमार्फत पठायौं।’

उनका अनुसार आवश्यक विवरणहरू समेटिएको इमेल मेटालाई साँझ करिब ५ बजे पठाइएको हो।

Loading

Advertisement
Advertisement