Clickable Banner Ad

बादल थापाको ‘धुरुरु २ नभेटिने माया’ सार्वजनिक

कञ्चनपुर गायक तथा संगीतकार बादल थापाको नयाँ गीत ‘धुरुरु २ – नभेटिने माया’ सार्वजनिक भएको केही घण्टामै युट्युबमा हजारौँ भ्यू पुगेका छन्। देश–विदेशका दर्शकले गीतका शब्द र थापाको आवाजलाई मन पराएका छन्। सुदूरपश्चिमका दर्शकले उनलाई “प्रदेशको सान” भनेर प्रशंसा गरिरहेका छन्, र भारतबाट समेत समर्थन आएका छन्।

Advertisement

थापा पछिल्ला वर्षमा स्वर, शब्द र संगीत तीनै क्षेत्रमा सक्रिय कलाकारका रूपमा स्थापित हुँदै आएका छन्। ‘धुरुरु’, ‘हेरा यो मुटुमा चिरा परेको छ’ र ‘करिमाई खोटो’ उनका चर्चित गीतमा पर्छन्।

नयाँ गीतमा भावनात्मक कथा, सरल दृश्य र थापाको प्रस्तुतीले दर्शकको ध्यान खिचेको छ। छायांकन सायद श्रेष्ठ, सम्पादन हिमसागर बम र पोस्ट–प्रोडक्सन Brahvim Films तथा NepAus Dance Studioले गरेका छन्।

दर्शक प्रतिक्रियाले गीतले मनोरञ्जनसँगै क्षेत्रीय गर्व पनि बोकेको देखिन्छ। ‘धुरुरु २’ ले थापाको संगीत यात्रामा नयाँ चमक थपेको छ।

Loading

Advertisement
Advertisement