कञ्चनपुर। नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आभासकुञ्ज दैनिकले आर्थिक सहयोग गरेको छ।
महासंघ अध्यक्ष धामीको उपचार सहयोगार्थ दैनिकले रु. ११ हजार १ सय ११ प्रदान गरेको हो।
आभासकुञ्ज दैनिकका सम्पादक तथा नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष मनोज भट्टले मानवीय संकटका घडीमा सकेसम्मको सहयोग गरेको बताउँदै, यस किसिमका सहयोगहरूले पत्रकारहरूबीचको एकता र मानवीय संवेदनशीलता झल्किने बताए।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयका अनुसार अध्यक्ष धामीको **पाचन प्रणालीसँग सम्बन्धित ग्रन्थी (प्याङक्रियाज)**मा ट्युमर फेला परेपछि पहिलो चरणको शल्यक्रिया भइसकेको छ भने दोस्रो चरणको उपचारका लागि थप खर्च आवश्यक भएकाले स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूलाई आर्थिक सहयोगको लागि आह्वान गरिएको छ।
![]()