काठमाडौं – गृहमन्त्री रमेश लेखकले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिएका छन्।

सोही दिन राजधानीमा भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। लेखकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट हट्ने निर्णय गरेको बताएका छन्।
यसअघि उनले पार्टी बैठकमा पनि नैतिक कारण देखाउँदै पदमा नबस्ने निर्णय गरिसकेको जानकारी गराएका थिए।