Clickable Banner Ad

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

दोधारा चाँदनी- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष नेतृत्व नै घर–घर पुग्न थालेपछि चुनावी वातावरणमा स्पष्ट परिवर्तन देखिन थालेको छ ।

Advertisement

गाउँबस्तीमा आयोजित भेटघाट, छलफल र घरदैलो कार्यक्रममा मतदाताको उपस्थिति बढ्दो छ । कार्यकर्ता परिचालन र संगठित अभियानले समर्थकहरू उत्साहित बनेका छन् भने अन्य दलका उम्मेदवारहरू पनि आफ्नो रणनीति पुनः परिमार्जन गर्न बाध्य भएका छन् ।

विशेषगरी निवर्तमान गृहमन्त्री रमेश लेखक स्वयं घरदैलो अभियानमा सक्रिय भएपछि कांग्रेसको पक्षमा चुनावी लहर बलियो हुँदै गएको विश्लेषण स्थानीय स्तरमा भइरहेको छ ।

क्षेत्र नम्बर ३ मा लामो समयदेखि संगठन विस्तारमा सक्रिय रहेका बोहराको पक्षमा नेताहरू खुलेर लागेपछि मतदाताबीच पनि नयाँ बहस सुरु भएको छ । चुनावी परिणाम के हुन्छ भन्ने कुरा मतगणनाले नै देखाउने भए पनि यतिबेला भने क्षेत्र नम्बर ३ को चुनावी समीकरण फेरिँदै गएको संकेत देखिन थालेको छ ।

Loading

Advertisement
Advertisement