कञ्चनपुर, भदौ २४ – कञ्चनपुर कारागारबाट भागेका ४५६ जना कैदीबन्दीमध्ये २१ जना आफैं फर्किएको कारागार प्रशासनले जनाएको छ। तीमध्ये ९ जना भारतीय नागरिक रहेका छन्।

कुल ४७८ कैदीबन्दीहरूमध्ये हालसम्म ४५६ जना फरार भएका थिए। कारागार प्रशासक रामदत्त जोशीका अनुसार, फर्किने क्रम जारी रहेकाले अन्य कैदीबन्दीहरूलाई पनि कानुनी कारवाहीको डर नराखी स्वेच्छाले फर्कन आग्रह गरिएको छ।
फरार कैदीहरूलाई फर्कनका लागि प्रशासन र सुरक्षा निकायहरूले संयमित अपिल जारी गर्दै आएका छन्। कारागार प्रशासनले जनताको सुरक्षालाई ध्यानमा राख्दै फरार कैदीबन्दीहरूको सूचीकृत विवरण तयार गरी आवश्यक कदम चालिरहेको जनाएको छ।