Clickable Banner Ad

उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर क्षेत्र नं.- ३ मा भिम कुमालले पाए प्रतिनिधिसभा सदस्यको टिकट

दोधारा चाँदनी- उज्यालो नेपाल पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि भिम बहादुर कुमाल (भिम कुमाल) लाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीले औपचारिक रूपमा टिकट प्रदान गरेसँगै कुमालको उम्मेदवारी दर्ता भएको हो।

Advertisement

पार्टी स्रोतका अनुसार कञ्चनपुर–३ मा नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक धारलाई अघि बढाउने उद्देश्यले कुमाललाई उम्मेदवार बनाइएको हो। पार्टीले उनको सामाजिक सक्रियता, जनसम्पर्क र परिवर्तनप्रतिको प्रतिबद्धतालाई आधार मानेर टिकट दिएको जनाएको छ।

टिकट पाएपछि प्रतिक्रिया दिँदै भिम बहादुर कुमालले उज्यालो नेपाल पार्टीले आफूमाथि देखाएको विश्वासलाई जिम्मेवारीका रूपमा ग्रहण गर्ने बताए। उनले पार्टीको नीति, सिद्धान्त र घोषणा पत्र अनुसार जनमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार लामो समयदेखि कञ्चनपुर–३ का नागरिकले भ्रष्टाचार, बेरोजगारी, सेवा सुविधाको अभाव र राजनीतिक उपेक्षा भोग्दै आएका छन्। यस्ता समस्याको समाधानका लागि नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनमार्फत संसदमा वैकल्पिक शक्तिको रूपमा उपस्थित हुने लक्ष्य लिएको जनाएको छ। पार्टीका अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार उसका प्रमुख एजेन्डा हुन्।

उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहेको छ। पार्टीले कञ्चनपुर–३ मा संगठन विस्तार र चुनावी तयारीलाई तीव्र बनाउँदै लगेको बताइएको छ।

Loading

Advertisement
Advertisement