Clickable Banner Ad

वडा अध्यक्ष चन्दको पहलमा विद्यालय सञ्चालन

दोधारा चाँदनी नगरपालिका–१ मा रहेका तीनवटा सामुदायिक विद्यालयहरू वडा अध्यक्ष विक्रम बहादुर चन्दको पहलमा पुनः सञ्चालनमा आएका छन्।

Advertisement

शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका विद्यालयहरू स्थानीय अभिभावकहरूको चासो र दबाबपछि अध्यक्ष चन्दको नेतृत्वमा भएका छलफलहरूबाट सञ्चालनको तयारीमा प्रवेश गरेका हुन्। महाकाली आदर्श माध्यमिक विद्यालय, पशुपति आधारभूत विद्यालय र पूर्णगिरी आधारभूत विद्यालय १९ वैशाखदेखि पुनः सञ्चालन हुने भएका छन्।

विद्यालय व्यवस्थापन समिति, PTA समिति र वडा सदस्यहरूसँगको समन्वयमा अध्यक्ष चन्दले विद्यालयमा भर्ना प्रक्रिया सुरु गर्न र वार्षिक शैक्षिक कार्यक्रमलाई नियमित बनाउन आग्रह गरेका छन्।

“विद्यार्थीको मनोविज्ञानमा असर नपरोस् भनेर हामीले विद्यालय खोल्ने निर्णय गरेका हौं,” अध्यक्ष चन्दले बताए, “सरकारले शिक्षकहरूको जायज माग चाँडै सम्बोधन गरोस् भन्ने हाम्रो आग्रह पनि छ।”

समुदायका अभिभावकहरूले विद्यालय खुल्नेमा आशा व्यक्त गरेका छन्। शिक्षा नियमित नहुँदा विद्यार्थीको भविष्य अन्धकारमा पर्न सक्ने भन्दै उनीहरूले यस निर्णयलाई स्वागत गरेका छन्।

Loading

Leave a Comment

Advertisement
Advertisement