Clickable Banner Ad

सिंहदरबारबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू पक्राउ

काठमाण्डौ, २०८२ वैशाख ७ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई आज सिंहदरबार गेट अगाडि विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपाका सांसदहरू र कार्यकर्ताहरूले सरकारले चालेको निर्णयहरू, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबारको मुख्य गेटमा विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको र त्यसक्रममा बुद्धि तामाङ, ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई पनि पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई नजिकैको प्रहरी कार्यालयमा लगिएको बताइएको छ। घटनास्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि छ।

Advertisement

राप्रपाले यो गिरफ्तारीको कडा विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement