काठमाडौं – सरकारले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ता प्रक्रियामा नआउने वा आवश्यक जानकारी उपलब्ध नगराउने सञ्जालहरू बन्द गर्ने तयारी भएको हो। उनले भने, “मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन गर्न पाउने छैनन्, त्यसलाई बन्द गर्ने निर्णय भएको छ।”
सरकारले यसअघि सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता गर्न ७ दिनको समयसीमा तोकेको थियो।