तमान सिंग गुरुङ – कञ्चनपुरकी सक्रिय महिला पत्रकार ऐश्वर्या कुँवरलाई सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले विशेष सम्मान गरेको छ।

मंगलबारदेखि महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराँते प्रतियोगिताको उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा पत्रकार कुँवरलाई सम्मान गरिएको हो।
कार्यक्रमका क्रममा कराँते संघले कुँवरलाई प्रमाणपत्र र दोसल्ला प्रदान गर्दै पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेको थियो।