Clickable Banner Ad

गड्डा चौकीबाट ७ लाख ८४ हजार बढीको अबैध सामान बरामद

कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डा चौकीले भारतबाट अबैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ।

Advertisement

नायब उपरीक्षक जनकराज उपाध्यायको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका–१० अन्तर्गत रोड इलाकामा छापा मार्दा कपडा, हाइवेयरका सामान, क्यामेरा पार्ट्स, मिठाई र किराना सामग्री नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीको मूल्य करिब ७ लाख ८४ हजार ९२० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएका सामानहरू आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकी बुझाइएको नायब उपरीक्षक जनकराज उपाध्यायले जानकारी दिए ।

Loading

Advertisement
Advertisement