Clickable Banner Ad

अनाथ बालबालिकालाई जोशी र टोलीद्वारा ‘एक छाक’ सेवा

भीमदत्त – स्थानीय युवा बिरेन्द्र जोशीले हिजो समाज कल्याण बाल आश्रम भीमदत्तमा करिब २५–३० जना अनाथ बालबालिकालाई ‘एक छाक’ कार्यक्रमअन्तर्गत खाना खुवाएका छन्।

Advertisement

जोशीले दिलबहादुर रावत, कुबेर थापा, विकास पौडेल र जीवन धामीको साथ सहयोगमा आश्रममै गएर आफैं खाना पकाई बालबालिकालाई खुवाए र उनीहरूसँगै बसेर भोजन समेत गरे।

आयोजक जोशीले भने, “हाम्रो सानो प्रयासले बालबालिकाको मुहारमा मुस्कान ल्याउन सकेकोमा खुशी लागेको छ।” कार्यक्रमको उद्देश्य आश्रममा बसोबास गर्ने बालबालिकालाई आत्मीयता र माया प्रदान गर्नु रहेको बताइएको छ।

Loading

Advertisement
Advertisement