ट्रेण्डिङ

दोधारा चाँदनी, साउन ३१ – नेपाल तरुण दल दोधारा चाँदनी नगर समितिले शनिबार सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विशेष सरसफाइ तथा सुधार अभियान सम्पन्न गरेको छ।

अभियान अन्तर्गत वडा नं. १० देखि झोलुङ्गे पुलसम्मको मुख्य सडकमा रहेका खाल्डाखुल्डीमा सिमेन्ट हालेर पुर्ने, चौराहाहरूको झाडी सफा गर्ने र चोक तथा मोडहरूमा रेडियम लगाउने कार्य गरिएको हो।

नगर सभापति सन्दीप काजी बस्नेतका अनुसार कृष्ण जन्माष्टमीको अवसरमा धर्म कमाउन मन्दिरमा मात्र जानुपर्ने होइन, सामाजिक सेवामा लागेर पनि धर्म आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको हो।

नगर उप–प्रमुख गङ्गा जोशीले युवाहरूको यो पहललाई प्रशंसनीय बताउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने अभियानअन्तर्गत नगरपालिकाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्।

नेपाली कांग्रेस नगर सचिव दिल बहादुर सिजालीले सडकमा रहेका खाल्डा–खुल्डीका कारण दुर्घटनाको सम्भावना रहेको भन्दै यस्तो कार्यले सवारी सुरक्षामा योगदान पुर्‍याउने बताए। उनले यसले स्थानीय सरकारको ध्यानसमेत आकर्षित गरेको उल्लेख गरे।

नेपाली कांग्रेसका नेता नाफु साउदले नेपाल तरुण दलले सञ्चालन गरेको अभियान सराहनीय रहेको र यसले स्थानीय सरकारलाई पनि सकारात्मक सन्देश दिएको बताए।

यसैगरी, वडा नं. ९ का अध्यक्ष गोपीलाल कडेलले युवाहरूले गरेका यस्ता उदाहरणीय कार्यहरू प्रेरणादायी हुने भन्दै स्थानीय नागरिकलाई पनि सक्रिय सहभागिताका लागि आह्वान गरे।

यस अभियानमा नगर उप–प्रमुख, नेपाल तरुण दल नगर समिति, नेपाली कांग्रेसका पदाधिकारी, नेविसंघ नगर सभापति सुवास नेगी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech