ट्रेण्डिङ

एक समय SLC मा असफल भएका दिवाकर भट्टले पाँच पटक लोकसेवा परीक्षा पास गरी हाल कर्मचारी सञ्चय कोषको पाँचौं तहमा कार्यरत छन्। आर्थिक रुपमा कमजोर परिवारमा हुर्किएका भट्टको यो यात्रा संघर्ष, प्रतिबद्धता र प्रेरणाको अद्वितीय मिसाल बनेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ निवासी दिवाकर भट्ट सामुदायिक विद्यालयमा अध्ययन गर्दै हुर्किएका थिए। प्रारम्भिक शिक्षा श्री कालिका प्रा.वि. (हाल आधारभूत विद्यालय) बाट लिएर उनले कक्षा ६ देखि १२ सम्मको अध्ययन श्री भानु माध्यमिक विद्यालयमा गरे। २०७० सालमा माध्यमिक शिक्षा परीक्षा (SLC) मा तीन विषयमा असफल भएपछि उनको शैक्षिक यात्रा एकछिन रोकिएको थियो। तर, उनले त्यसलाई अन्त्य मानेनन्। पुनः प्रयास गर्दै २०७१ मा SLC प्रथम श्रेणीमा पास गर्दै विद्यालय टप गरे। त्यसपछि उनले कक्षा ११ र १२ दुबै तहमा Commerce संकाय रोजे र दुबै वर्ष पनि विद्यालय टप गरे। MBA मा दुई सेमेस्टरमा 4.0 GPA उच्च शिक्षा पोखरा विश्वविद्यालय अन्तर्गत उनले पूर्ण छात्रवृत्तिमा BBA र MBA गरे। MBA को अध्ययनक्रममा दुई सेमेस्टरमा उनले 4.0 GPA प्राप्त गरे, जुन विश्वविद्यालयको सबैभन्दा उत्कृष्ट ग्रेड हो। पाँच पटक लोकसेवा पास, विभिन्न निकायमा सेवा शैक्षिक यात्रासँगै उनले पेशागत यात्रामा पनि उल्लेखनीय सफलता हात पारे। उनले दोधारा चाँदनी नगरपालिकामा गणक पदमा करिब एक वर्ष, कुमारी बैंकमा १.५ वर्ष, कृषि विकास बैंकमा तीन महिना, निक्षेप तथा कर्जा सुरक्षण कोषमा दुई महिना सेवा दिए। हाल उनी कर्मचारी सञ्चय कोषको पाँचौं तहमा कार्यरत छन्। यी सबै पदहरूमा उनी लोकसेवा आयोगमार्फत सिफारिस भएर पुगेका हुन्। “फेल भएपछि worthless महसुस गर्थेँ” SLC मा फेल हुँदा आफूलाई worthless महसुस भएको दिवाकर भन्छन्, “तर त्यसबेला शिक्षकहरूको सल्लाह, परिवारको साथ र आत्मविश्वासले मलाई उठायो। हार नमान्ने संकल्प नै मेरो सफलता भयो।” उनका अनुसार गरिबीको अवस्था यति थियो कि कहिलेकाहीँ जुत्ता समेत जोड्न नसकिने। बहिनीको पुरानो जुत्ता सिलाएर विद्यालय जाने अवस्था थियो। तर त्यो दुःखले उनलाई भित्रैबाट बलियो बनायो। देशभर फैलिएको प्रेरणा हालै देशभर परिचित फेसबुक पेज Routine of Nepal Banda (RONB) मा दिवाकरको संघर्ष कथा सार्वजनिक भएपछि उनको जीवन यात्रा लाखौं युवाका लागि प्रेरणा बनेको छ। “युवालाई सन्देश: असफलताबाट नडराउनु” दिवाकर भन्छन्, “आजका युवाहरू छिटो सफल हुने चाहनामा हुन्छन्। तर म भन्छु — हारलाई सिकाइका रूपमा लिनुहोस्, परिश्रम गर्न छोड्नुहोस्। समय आउँछ, तपाईंसँगै सफलता पनि आउँछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech