ट्रेण्डिङ

दोधारा चाँदनी – भीमदत्त नगरपालिका–१३ मा जाडो मौसमका कारण बढी प्रभावित हुने जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको छ। वडा अध्यक्ष रामबहादुर बोहराको पहलमा वडाभित्रका ६७ जना जेष्ठ नागरिक छनोट गरी कम्बल वितरण गरिएको हो।

वडा अध्यक्ष बोहराका अनुसार आफू निर्वाचित भएको पहिलो वर्षदेखि नै जाडोयाममा जेष्ठ नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। वडामा हाल करिब ३२० जना वृद्धवृद्धा रहेका छन्। यस वर्षसम्म वडा कार्यालयको बजेट तथा विभिन्न सहयोगी दाताहरूको सहकार्यमा करिब २५० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रमको संयोजन वडा महिला सदस्य फुल पहरी परिले गर्नुभएको थियो। वडाका अति विपन्न परिवारलाई सहयोग गर्ने क्रममा भीमदत्त नगरपालिका–८ का समाजसेवी दीपक देउवाले बुक्सरजीको पहलमा विशेष सहयोग गर्दै आउनुभएको छ। त्यसैगरी, भीमदत्त–१३ निवासी समाजसेवी जनकराज भट्टले आफ्नो जन्मदिनको अवसर पारेर समेत सहयोग उपलब्ध गराउँदै आउनुभएको छ।

आगामी आर्थिक वर्षमा बाँकी रहेका जेष्ठ नागरिक तथा अति विपन्न घरपरिवारलाई समेत समेटेर सहयोग कार्यक्रमलाई थप प्रभावकारी बनाइने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech