ट्रेण्डिङ

कञ्चनपुर – कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका यसपटक पनि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा ८० अंक पार गर्न असफल भएको छ। जिल्लाका अधिकांश स्थानीय तहले सन्तोषजनक नतिजा ल्याउँदा दोधारा चाँदनी र कृष्णपुर नगरपालिका भने कमजोर सूचीमै सीमित रहनु परेको छ।

ताजा विवरणअनुसार, बेदकोट र बेलौरी नगरपालिकाले समान ८२.५० अंक ल्याएर अग्रस्थान ओगटेका छन्। बेलडाँडी र लालझाडी गाउँपालिकाले ८१.७५ अंक ल्याएका छन् भने पुनर्वास नगरपालिकाले ८१ र शुक्लाफाँटा नगरपालिकाले ८० अंक ल्याएका छन्। कृष्णपुर नगरपालिकाले ७३.२५ अंक ल्याउँदा दोधारा चाँदनी नगरपालिका पनि ८० अंकभन्दा तलमै सीमित रह्यो।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा शुक्लाफाँटा नगरपालिका ८५.२५ अंकसहित पहिलो, भीमदत्त नगरपालिका ८४.२५ र बेदकोट नगरपालिका ८३.७५ अंकसहित अग्रस्थानमा थिए। त्यतिबेला दोधारा चाँदनी नगरपालिकाले ७१.५० अंक मात्र ल्याएको थियो।

यसअघि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा समेत दोधारा चाँदनी नगरपालिका सुदूरपश्चिम प्रदेशमै नतिजा विहीन रहेको थियो। यो अवस्थाले नगरपालिकाको वित्तीय पारदर्शिता, स्रोतसाधनको सदुपयोग र सुशासन सुधारमा गम्भीर चुनौती रहेको देखाएको छ।

लिजा कार्यविधिले स्थानीय तहको संस्थागत क्षमता र सेवा प्रवाहको स्तर मापन गर्दछ। यसमा शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपत् व्यवस्थापन तथा सहकार्य र समन्वयजस्ता १० विषय क्षेत्रहरूमा १०० सूचकका आधारमा मूल्यांकन गरिन्छ।

यसको मुख्य उद्देश्य कमजोरी पहिचान गरी सुधारात्मक कदम चाल्न, प्रतिस्पर्धात्मक सुधारलाई प्रोत्साहन गर्न र आवधिक समीक्षाको आधार तयार पार्न हो।

लगातार कमजोर नतिजा आउनु र वित्तीय सुशासनदेखि संस्थागत क्षमता मूल्यांकनसम्म निराशाजनक प्रदर्शन हुनु, नगरपालिकाको योजनागत कमजोरी र कार्यान्वयनको कमी देखाउने संकेत हो। स्थानीयवासीहरूले पारदर्शिता, सेवा प्रवाह र विकास कार्यमा तत्काल सुधार ल्याउन माग गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech