दोधारा, देशभरका पालिकाहरूमा ज्ञापनपत्र बुझाउने राष्ट्रिय अभियानअन्तर्गत प्याब्सन र एनप्याब्सनले आज दोधारा चाँदनी नगरपालिकामा पनि कार्यक्रमलाई निरन्तरता दिएका छन्।
प्याब्सनका नगर प्रतिनिधि भोजराज अवस्थी र एनप्याब्सनका प्रतिनिधि रघु बीर जोशीको नेतृत्वमा भएको कार्यक्रममा नगरपालिकाका सम्पूर्ण निजी विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा नगरपालिका प्रमुख,उप-प्रमुख तथा शिक्षा शाखा प्रमुखसमक्ष संयुक्त ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा शिक्षामा निजी क्षेत्रको योगदानलाई औपचारिक मान्यता दिन, नाफामुखी संस्था भन्ने धारणा हटाउन, छात्रवृत्ति व्यवस्थामा सुधार गर्न तथा शुल्क संरचना स्थिर राख्न माग गरिएको छ। साथै, निजी शिक्षाको भूमिका, आर्थिक योगदान र रोजगार सिर्जनामा भएको प्रभावको उल्लेख गर्दै शिक्षा ऐन र सम्बन्धित कानुनमा आवश्यक संशोधन गर्न आग्रह गरिएको छ।
दुवै संघले देशैभरका पालिकामा आजै समान मागसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन्।
![]()