दोधारा चाँदनी, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका क्षेत्रका अग्रज पत्रकार पप्पु गुरुङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक बहादुर रावतका अनुसार गुरुङलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

डीएसपी रावतका अनुसार पत्रकार गुरुङलाई बुधबार उहाँकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ गरेसँगै उहाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिएको प्रहरीले जनाएको छ।
गुरुङ लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्।



